१० कक्षमा अध्ययनरत दुई छात्राले गरे विष सेवन गरेर आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७२, शुक्रबार ०५:१२

imagesरामेछाप  । रामेछापमा दुई युवतीले विष सेवन गरेर आत्महत्या गरेका छन् । जिल्लाको हिमगङ्गा उच्च मावि साँघुटारको कक्षा १० मा अध्ययनरत दुई छात्राको विष सेवनका कारण आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । शिक्षक गणेश बख्रेलकाअनुसार कक्षा १० मा अध्ययनरत दुवै छात्रा साँघुटार गाविस–४ की १६ वर्षीय रीता श्रेष्ठ र ओखलढुङ्गा एसम गाविस–१ की १७ वर्षीया टीकामाया बुढाथोकीले दिउँसो खाजा समयमा साँघुटार बजारमा पुगेर नोभान नामको विषादी किनेर नजिकैको चौतारामा बसेर सेवन गरेका थिए । विष सेवन गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१