चर्चित अभिनेत्री झरना थापा संयोजकमा नियूक्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार ०६:४८

the-pnpmedia-jharana-thapa1काठमाडौ । चर्चित अभिनेत्री झरना थापालाई चलचित्र विकास वोर्डले चलचित्रकर्मी कल्याणकारी कोष संचालक समितिको संयोजकमा नियूक्त गरेको छ। बोर्डको मंगलबार यस्तो निर्णय गरेको हो।

नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने चलचित्रकर्मीहरूको निवृत्त जीवनको सामाजिक संरक्षाको प्रत्याभूति तथा निम्न आय भएका र औषधी उपचारमा ठूलो रकम खर्च गर्न असमर्थ चलचित्रकर्मीलाई कुनै किसिमको आर्थिक सहयोग गर्ने निकाय नभएको अवस्थामा उनीहरुलाई राहत पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डको स्थापनासँगै चलचित्रकर्मी कल्याणकोषको अवधारणा आएको हो ।

कोषले चलचित्र क्षेत्रमा लामो समय देखि निरन्तररुपमा योगदान पुराएका तथा आर्थिक स्थिति कमजोर भएका र चलचित्र क्षेत्रलाई मात्र आफ्नो कर्मथलो बनाई जीवनको लामो समय गुजारी हाल रोगसँग लड्दै अशक्त र असहाय चलचित्रकर्मीहरूलाई मासिकरूपमा रू५००० का दरले अशक्तवृत्ति उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१