लामाबगर र गौरीशङ्करमा रहेका दुई प्राविमा एक शिक्षक र एक विद्यार्थी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७२, मंगलवार ०६:१०

downloadदोलखा ।  दोलखाको विकट गाविस लामाबगर र गौरीशङ्करमा रहेका दुई प्राविमा एक शिक्षक र एक विद्यार्थी रहेका छन् । दुईवटै विद्यालयमा गरी पाँचजना पनि विद्यार्थी नभएको ती विद्यालयमा प्रतिविद्यार्थी एक÷एकजना शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । यी विद्यालय भूकम्पले तहसनहस बनाएपछि अझै सञ्चालनमा आउन सकेका छैनन् । गाउँमा विद्यार्थी नभएर विद्यालयमा एक शिक्षक र एक विद्यार्थी मात्र बाँकी रहन पुगेको स्थानीयवासीको भनाइ रहेको छ ।

भूकम्पले विद्यालय भवन पूर्णरुपमा ध्वस्त बनाएको र वर्षात्को समयमा त्यहाँसम्म जान सक्ने अवस्था नभएका कारण विद्यालयमा सञ्चालनमा ल्याउन समस्या भएको सहायक जिशिअ शर्माको भनाइ छ । उनले शिक्षकलाई जबर्जस्ती पठाउँदा ज्यानको जोखिम हुने भएकाले त्यहाँका शिक्षकलाई अन्य विद्यालयमा दसैँसम्मका लागि काजमा पठाइएको जानकारी दिए ।

 

जिल्लामा विभिन्न सङ्घसंस्थाको सहयोगमा अस्थायी आवास केन्द्र निर्माण भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा हाल १८ वटा सङ्घसंस्थाले विद्यालयलाई सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१