कक्षा ११ पढ्न वञ्चित प्राविधिक विद्यार्थीको भविष्य अन्यौलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७२, सोमबार ०८:३१

2014071114705-600x0भक्तपुर । सरकारले देशको ७१ जिल्लाका ९९ वटा माध्यमिक विद्यालयमामा नमुनाका रुपमा सञ्चालन गरेको प्राविधिक शिक्षा लिएर प्रवेशिका उत्तीर्ण विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

विसं। २०७० बाट कक्षा ९ र १० मा सरकारले सञ्चालन गरेको प्राविधिक शिक्षा अध्ययन गरी यस वर्ष पहिलोपटक प्रवेशिका उत्तीर्ण भएका तीन हजार २८८ जना विद्यार्थीले उच्च शिक्षा पढ्न नपाएपछि उनीहरुको भविष्य अन्यौलमा परेको हो ।

प्राविधिक तथा व्यावसायिक विद्यालय केन्द्रीय सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालका अध्यक्ष राम हाडाले सरकारले प्राविधिक शिक्षाबाट प्रवेशिका उत्तीर्ण भएका विद्यार्थीको भविष्य अन्यौलग्रस्त बनाएको बताउनुभयो ।

अरु विषय पढ्र प्रवेशिका उत्तीर्ण भएका विद्यार्थीले कक्षा ११ को पढाइ सुरु गरिसकेको भएपनि प्राविधिक विषय लिएर प्रवेशिका उत्तीर्ण भएका विद्यार्थीले भने अझै कक्षा ११ को पढाइ सुरु गर्न पाएका छ्रैनन् ।

अध्यक्ष हाडाले भन्नुभयो, “शिक्षामन्त्री चित्रलेखा यादव, अर्थ मन्त्रालय, शिक्षा विभाग र उच्च माध्यामिक शिक्षा परिषद्सँग पटकपटक यसबारे ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको छ, सात दिनभित्र पनि सञ्जालको माग पूरा नगरे विद्यार्थीको भविष्यका लागि आमरण अनसनमा बस्न बाध्य हुनेछौ ।”

सरकारले एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यामिक शिक्षाको आधार मान्दै सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोलिक्स इन्जिनियरिङ तथा कृषिसम्बन्धी प्राविधिक शिक्षा सञ्चालनमा ल्याएको थियो ।

त्यसमध्ये छनौटमा परेका ७१ जिल्लाका ९९ वटा विद्यालयलाई पूर्वाधार निर्माणका लागि रु २० देखि ५० लाखसम्म अनुदान दिएर कक्षा ९ र १० मा प्राविधिक विषय सुरु गराएपनि कक्षा ११ मा प्राविधिक विषयको पढाई सञ्चालन गराउन सकेको छैन ।

पत्रकार सम्मेलनमा सञ्जालका सचिव ध्रुवराज गिरीले उच्च माध्यामिक शिक्षा परिषद्बाटै ९९ वटा विद्यालयलाई कक्षा ११ र १२ मा प्राविधिक विषय पढाउन अनुमति दिइनुपर्ने, उच्च माविको सम्बन्धन नपाएको आठ माविलाई तत्काल बिनाशुल्क सम्बन्धन दिइनुपर्ने सरकारसँग माग राखेको बताउनुभयो ।

प्राविधिक प्रवेशिका पास गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० वा उच्च माध्यामिक शिक्षा परिषदबाट सञ्चालन हुने प्राविधिक शिक्षामा भर्ना हुन पाउने गरी शिक्षा मन्त्रालयले गलत निर्णय गरेको भन्दै सञ्जालले आपत्तिसमेत जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१