राजनीतिक दलहरुले विश्वास गुमाउन लागेको शिक्षा सरोकारवालाहरुको आपति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७२, आईतवार ०६:२६

school-1024x645काठमाडौ । शिक्षा सम्बद्ध सरोकारवालाहरुले विद्यालय शान्ति क्षेत्रमा प्रतिबद्धता जनाउने राजनीतिक दलहरुले नै विद्यालय बन्द गराउँदा राजनीतिक दलहरुले विश्वास गुमाउन थालेको आरोप लगाएका छन ।
ह्याम्पी किड्स फाउण्डेसन र नुवागी मासिक पत्रिकार संयूक्त रुपमा शनिवार आयोजना गरेको विद्यालय शान्ति क्षेत्र कार्यन्वयनमा हाम्रो दायित्व र चुनौति विषयक अन्र्तक्रियामा उनीहरुले त्यस्तो आरोप लगाएका हुन । अन्र्तक्रियामा प्रिन्सिपल आरडी भट्ट, प्याब्स सल्लाहकार सानु अमात्य, प्याब्सन उपाध्यक्ष दिपिका रिमाल, प्याब्सन काठमाडौ अध्यक्ष थकिन कुमार गुरुङ्ग, ललितपुर अध्यक्ष शिबकुमार कार्की, प्राज्ञ शिवराम पाण्डे, सीटीएफ नेपालका निर्देशक बद्री प्रसाद दाहाल, राजेन्द्र दाहाल, क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लबजु, हरिश डिसी लगायतले जुन सुकै बन्दमा पनि विद्यालय खोल्ने बातावरण आन्दोलनकारीले गर्नु पर्ने भन्दै त्यसो गर्न नसके मुलुकको राजनीति ठिक भए पनि दक्ष जनशक्तिको अभावमा मुलुकले समृद्धिको बाटो लिन नसक्ने ठोकुवा गरेका थिए ।
अन्र्तक्रियामा हिसानका उपाध्यष रामेश सिल्वालले मधेसमा जारी आन्दोलन राजनीतिक भए राजनीतिक तवरबाट समाधान गर्न आग्रह गर्दै आफैले २०६८ सालमा विद्यालयलाई शान्ति क्षेत्र बनाउने भनि गरेको प्रतिवद्धता उल्लघन गर्दा राजनीतिक दलहरुले विश्वास गुमाउन थालेको बताए ।
प्याब्सनका कार्यबाहक महासचिव राजेन्द्र बानीयाँले राजनीतिक दलहरुले आफ्नो प्रतिबद्धता पुरा गर्न नसक्दा मुलुकले सहि दिशा पाउन नसक्ने भन्दै बन्द कर्ताहरुले बन्द गर्नुु अघि आफूले गरेको प्रतिबद्धतामा ध्यान दिनु पर्ने बताए ।
यूवा संघ नेपालका उपाध्यक्ष सरोज दिलु विश्वकर्माले यूद्धको बेलामा बालबालिका जोगाउनु पर्ने भन्दै सधै जित्नै पर्ने राजनीतिबाट मुक्त हुनु पर्ने बताए । उनले राजनीतिक दलहरुले आफ्नो प्रतिबद्धता पुरा नगरेर मुलुकलाई उज्यालो भन्दा अध्यारो भविष्यतर्फ धकेल्न थालेको बताए ।
विद्यार्थी निलम काकीृले विद्यालय शान्ति क्षेत्र घोषणा भएको तिन वर्ष वितेपनि आफूहरुले राम्रो पढ्न नपाएको भन्दै आफूहरुको भविष्यमा राजनीति तगारो बनेको गुनासो गरकेकी थिईन ।
एन प्याब्सनका उपाध्यक्ष सूर्य अधिकारीले विद्यालय शान्ति क्षेत्र घोषणा कहा पुग्यो भनि प्रश्न गर्दै सरकारले भविष्यका कर्णधारलाई कस्तो बनाउँदै भन्ने विषयले चिन्ता उत्पन्न गरेको बताए ।
अभिभावक संघकी सरिता अर्यालले राजनीतिक दलहरुले आफूहरुको बुढेसकाललाई अन्धकारमय बनाएको भन्दै राजनीतिक नेताहरुले पनि अभिभावक भएकोले त्यो दृष्टिकोणबाट हेर्नु पर्ने बताए ।
शिक्षक मेघराज अधिकारीले विद्यार्थीलाई पुरा समय पढाउन नसक्दा कठमिरो अम्बा जस्तो बन्न थालेको भन्दै अबको २५ वर्षसम्म मुलुकले दक्ष जनशक्ति निर्माण गर्न नसक्ने दावी गरे ।
राष्ट्रिय अभिभावक संघका यादव अधिकारीले सडकमा गोली चलिरहेको बेला विद्यालय खुल्ला भए पनि विद्यार्थीलाई विद्यालय पठाउन नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१