सप्‍तरीमा तनावग्रस्त बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७२, बुधबार १३:५१

सप्तरी । सप्तरीमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्‍यु भएको छ।

प्रहरी र प्रदर्शनकारीको झडपमा गोली लागेर मृत्‍यु हुनेमा पोर्ताहा-२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्। झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्। ka

भारदह अासपासको स्थिति अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने निर्णय गरेको छ।

केही समयअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार दिउसो २ बजेदेखि कर्फ्यु लगाउने निष्कर्ष निकालेको हो। स्थिति नियन्त्रण बाहिर जानसक्ने अवस्थालाई मध्यनजर गर्दै बुधबार दिउँसो २ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको बताईएको छ । कर्फ्यु भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि जारी गरिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१