गुण्डानाइके साजन महर्जन गोगंबुबाट पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७२, मंगलवार १५:३८

काठमाण्डौ   । प्रहरीसँगको इनकाउन्टरमा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएको केही दिनपछि नै सामाखुसी क्षेत्रका अर्का गुन्डा नाइके साजन महर्जन पक्राउ परेका छन्।राजधानीको गोगंबु क्षेत्रमा गुण्डागर्दीमा संलग्न गुण्डानाइके महर्जनलाई प्रहरीले आज पक्राउ गरेको हो  ।sajan

महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनलाई  पक्राउ गरेको हो। साजन बालुवा, रोडाढुंगा र गिटी व्यवसाय गर्छन् । उनले धम्क्याउने र रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ । उनले रकम असुली तथा ठेक्कापट्टा कब्जा गर्नेलगायतका गैरकानुनी काम गर्दै आएका थिए।

ठूला व्यापारिक घरानियासँग जबरजस्ती चन्दा असुली गर्दै आएको उजुरी दर्ता भएको छ।कुनै समय  महर्जन  एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१