बादमुक्त संबिधान बनाऔ : अध्यक्ष ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७२, मंगलवार ०९:५९
unnamedबादमुक्त संबिधान  बनाऔ  : अध्यक्ष ढकाल “अधिकार र पहिचानको आन्दोलनमा शंका नगर”
 “आदिबासी जनजाती, मधेसी, थारु , दलित, मुश्लिम लगायतले राखेका जायज मागहरु तुरुन्त सम्बोधन गर” 
काठमाडौँ ,२२ भाद्र ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नया संबिधान कुनै पनि बादबाट मुक्त र स्वतन्त्र हुनु पर्ने बताउनु  भयको छ । परिवार दलको केन्द्रिय कार्यालयमा संचार कर्मीहरुसंगको कुराकानीमा अध्यक्ष ढकालले नेपाल जस्तो सामाजिक, सांस्कृतिक तथा बैचारिक रुपमा बिबिधता भयको मुलुकमा जबर्जस्ति कुनै बाद संबिधानमा लाद्न नमिल्ने बताउनु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले नेपालका भबिस्यका पुस्ताहरुको चेतनाको विकासलाई  पुरानो पुस्ताले संबैधानिक  रुपमा कुनै बाद भित्र सिमित गर्नु अन्याय हुन्छ भन्दै खुला र लचिलो संबिधान नै टिकाउ र सर्ब स्वीकार्य हुन्छ भन्नु भयो  ।  संविधानको मसौदामा “समाजबाद उन्मुख”,  “समाजबादप्रति  प्रतिबद्ध” जस्ता शब्दहरु उल्लेख गरिएकोमा असहमति जनाउदै अध्यक्ष ढकालले आफ्नो पार्टी नेपाल परिवार दलले यस प्राबधान लाइ सच्याउन संशोधनको प्रस्ताब दर्ता गरेकोले सबै राजनैतिक दलका सभासद हरुलाई सहयोग गर्न आब्हान पनि गर्नु भयो । सभासद समेत रहेका ढकालले संबिधानमा नेपाली राहदानी भयका गैर आबसिय नेपालीहरु पनि कुनै पनि पदमा निर्बाचित, मनोनोयन वा नियुक्ति हुन नपाउने प्राबधान पनि सच्याउनु पर्ने बताउदै गैर आबासीय नेपालीहरु वाट राज्यलाई हुन सक्ने सहयोगको लागि ढोका खुला राख्न सुझाब दिनु भयो । त्यसै गरि अध्यक्ष ढकालले सरकारी कामकाजको भाषामा नेपाली भाषाको अतिरिक्त “अंग्रेजी भाषा” समेत थप्न र संविधानलाई  नैतिक मूल्यमान्यता मैत्री बनाउन आएका  संसोधनका प्राबधानहरुलाई  पास गर्न मतदान गर्न सम्पूर्ण सभासद हरुमा आग्रह गर्नु भयो  । अध्यक्ष ढकालले  देशका विभिन्न भागमा भैरहेको आन्दोलनलाइ बेवास्ता नगर्न र बार्ताको माध्यमबाट निकास खोज्न पनि दलहरु संग आग्रह गर्नु भयो । ढकालले विशेषगरी आदिबासी जनजाती, मधेसी, थारु , दलित, मुश्लिम लगायतले राखेका जायज मागहरु तुरुन्त सम्बोधन गरि मुलुकलाइ थप मुठभेड र द्धन्द  बाट  रोक्न पनि प्रमुख दलहरु र सरकार संग आग्रह गर्नु भयो । ढकालले आफ्ना अधिकार र पहिचानका  लागि आन्दोलनरत  नेपालीहरुमाथि विभिन्न लान्छना नलगाउन  र आशंका नगर्न  सरोकार सबैमा अपिल गर्दै आन्दोलनकारी हरुलाई आफ्ना माग शान्ति पूर्ण तबरले प्रस्तुत गर्न आग्रह गर्नु भयको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१