राष्ट्रपतिले असोज ४ गते विशेष समारोहमा नयाँ संविधान घोषणा गर्ने !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार २०:२२

Ram-Baran-Yadav-650x317Ram-Baran-Yadav-650x317काठमाडौं, २१ भाद्र  । राष्ट्रपति रामवरण यादवले आगामी असोज पहिलो साता विशेष समारोहमा नयाँ संविधान जारी भएको घोषणा गर्नुहुने भएको छ ।

संविधानसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ४ गते विशेष समारोहमार्फत् राष्ट्रपति यादवले संविधान घोषणा गर्नुहुने भएको हो । उक्त आन्तरिक कार्यतालिकालाई कार्यान्वयनका लागि सचिवालयले सभाध्यक्ष सुवास नेम्वाङको जिम्मा लगाएको छ ।

सचिवालयद्धारा प्रस्तावित कार्यतालिकामा मंगलवार बैठक सुरु भएपछि संविधान जारी नभएसम्म निरन्तर चल्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ । संशोधन प्रस्ताव पेस गर्ने अवधि समाप्त भएकाले मंगलबार विहान बस्ने संविधानसभा बैठक संविधानको विधेयकलाई संविधानमा बदल्ने काममा केन्द्रित हुने बताइएको छ । एक सातासम्म दफावार छलफल गरी मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनुहुने संविधानसभा सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो । सिटौलाको जवाफपछि संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने छ ।

स्रोतका अनुसार त्यसपछि संविधानको धाराहरू ध्वनि मतका आधारमा पारित गरिने छ । तर ६१ सभासद्ले लिखित मत माग गरे सभाध्यक्षले लबी विभाजन गरेर मतदान गराउनुपर्ने प्रावधान छ । विभिन्न दलहरुको विरोध र आन्दोलनकाबीच सचिवालयले सोमबार कार्यतालिका तयार पारेर संविधान जारी हुने मिति घोषणा गरी सभामुख नेम्वाङलाई बुझाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१