संविधान जारी गर्नु एमाओवादीको पहिलो एजेण्डा:प्रचण्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार १३:२४

काठमाडौँ २१ भाद्र । एकीकृत नेकपा माओवादीले संविधानसभाबाट संविधान जारी गर्नु पार्टीको पहिलो एजेण्डा भएको निष्कर्ष निकालेको छ। संविधानको विधेयकमा तीन दलले दर्ता गरेको साझा संसोधन प्रस्ताव पछि पनि आन्दोलनरत पक्षको माग सम्वोधन नभएपछि एमाओवादी भित्र विवाद सुरु भएको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले आन्दोलनरत थारु र मधेसी मोर्चालाई सकेसम्म सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने र त्यसका लागि एमाओवादीले पहल गर्ने बताएका थिए। संविधान निर्माणमा लागीपरेका प्रचण्डले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान विधेयकमाथिको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१