​सहरी विकास मन्त्रालयका सचिव नै त्रिपाल काण्डमा संलग्न भएको अख्तियारको ठहर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार १०:१०

xciaa1.jpg.pagespeed.ic.QTVUVhEEMMकाठमाडौँ ,२१ भाद्र । सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की भूकम्प पीडितको नाममा त्रिपाल खरिद गर्दा अनियमिततामा संलग्न भएको अख्तियारले ठहर गरेको छ। अख्तियारले कार्कीलाई विभागीय कारबाही गर्न समेत सिफारिस गरेको छ।

सहरी विकास मन्त्रालयले मिति वैशाख २० पछि खरिद गरिएका त्रिपालहरुको गुणस्तर कम देखिएको भन्दै अख्तियारले प्रचलित कानुन बमोजिम विभागीय कारबाही गर्न भनेको हो।

अख्तियारले सचिव कार्कीसहित सह(सचिव बासुदेव गुरागाँई, विशेष खरिद समितिका संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक शम्भु केसी तथा सदस्यद्वय सि।डि।ई। निलम कुमार डंगोल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलासमेतले आफ्नो पदको दायित्व अनुसार कर्तव्य पालना गरेको नपाइएको जनाएको छ।

बानियाँ ट्रेडर्स, हिमशिखर सप्लाई एण्ड ट्रेडर्स, एस।पी।इन्टरप्राइजेज, रक्की इन्टरप्राइजेज र बाबा इन्टरप्राइजेजले आपूर्ति गरेको ११  करोड भन्दा बढी रकमको त्रिपालहरु कम गुणस्तर भएको परीक्षण प्रतिवेदनबाट देखिएको अख्तियारले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

सचिव कार्की लगायतलाई कारबाहीका लागि सहरी विकास मन्त्रालयमा अख्तियारले लेखी पठाउने निर्णय पनि गरेको छ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई सरकारले राहत स्वरूप वितरणका लागि त्रिपालहरूको खरिद गर्दा व्यापक अनियमितता एवं भ्रष्टाचार भएको उजुरीमा अख्तियारले छानबिनपछि विशेष अदालतमा आइतबार नै मुद्दा दायर गरेको छ।
को(को विरुद्ध दायर भयो मुद्दारु
अख्तियारले त्रिपाल काण्डमा अनियमितता गरेको ठहर गर्दै उपसचिवद्वय होमनाथ भट्टराई र रामकृष्ण गुराँगाइ, नायब सुब्बा युवराज गिरी विरुद्ध मुद्दा दायर गरेको हो। मुद्दा दायर भएसँगै उनीहरु पदबाट स्वतः निलम्बित भएका छन्।

त्यस्तै अख्तियारले नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हंसराम पाण्डेय, लक्की ए एस इन्टरप्राइजेजका सुनिल कुमार गौतम, दिपकिरण प्रिटिङ एण्ड ट्रेडर्सका राम शरण कुवँर, माता इन्टरप्राइजेजका कृष्णहरि चौलागाँइ र अजय शुभलाल ट्रेडर्सका मोतीलाल पोखरेललाई मुद्दा दायर गरेको छ।  उनीहरुसँग अख्तियार निम्न रकम बिगो दावी गरेको छ।

साभार -पहिलोपोस्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१