४ दलका नेताले देशलाई जातीय द्वन्द्वमा धकेले- कमल थापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ०७:०५

 काठमाडौँ ,२१ भाद्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका चार नेताले संविधानमा धर्मनिरपेक्षा कायम गरेर देशलाई जातिय द्वन्द्वमा धकेलेको आरोप लगाए ।

नयाँ बानेश्वरमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधानमा धर्मनिरपेक्षता शब्द राख्नु मुलुकका लागि घातक भएको भन्दै अव देश धार्मिक द्वन्द्वको दलदलमा फसेको बताए ।

अधिकारका लागि चलिरहेको आन्दोलनलाई बेवास्ता गर्दै दलहरुले हतारमा संविधान जारी गरेर सैनिक शासन, विदेशी हस्तक्षेपको गतिलो वातावण सृजना गरेको थापाको आरोप थियो ।

लामो समयदेखि संविधानको पर्खाइमा रहेको जनता संविधान जारी हुने मिति आउनै लाग्दा पनि चार दलको गलत नीतिले खुसी हुन नसकेको बताए । माइतीघरबाट सुरु भएको विरोध सभा नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो ।

उता नयाँ संविधानमा धर्म निरपेक्षता कायम राख्नुपर्ने माग गर्दै विभिन्न धार्मिक संगसंगठनहरुले राजधानीमा खवरदारी र्‍याली निकालेका छन् । वौद्ध, इस्लाम, क्रिश्चियन, किरात धर्माबलम्बी लगायतले आ—आफ्नो पहिचान झल्कने पोशाक तथा वाजागाजा सहित एउटै व्यानरमा र्‍याली निकालेका हुन् । उनीहरुले धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्ष राष्ट्र काय गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

उनीहरुले सबै धर्मावलम्बी एक भएको भन्दै राज्यले कुनै पनि एउटा धर्मलाई अंगाल्न नहुने बताएका थिए । र्‍यालीमा सहभारिुले सम्पूर्ण धर्माबलम्बी एक होऔ, धार्मिक विभेद अन्त्य गर, धर्मनिरपेक्षता कायम गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१