पशुपतिशमशेर जबराविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता ,लोकेन्द्र बहादुर चन्द नँया अध्यक्ष

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० भाद्र २०७२, आईतवार १३:०५

काठमाडौँ २० भाद्र ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति समशेर राणालाई अपदस्थ गरेका छन् । लोकेन्द्र बहादुर चन्द नेतृत्वको टोलीले पार्टी अध्यक्ष पशुपतिशमशेर जबराविरुद्ध अविश्‍वासको प्रस्ताव निर्वाचन आयोगमा दर्ता गराएको छ।pashupati-samser-and-Lokendra

दुई तिहाई केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित नयाँ अध्यक्ष चयनको निर्णय निर्वाचन आयोगलाई जानकारी गराइएको सहप्रवक्ता किरण गिरीले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनपछि थापाले प्रतिनिधित्व गरेको संविधानसभा सदस्‍यतर्फ कसलाई ल्‍याउने भन्‍ने विवादसँगै राप्रपामा आन्तरिक द्वन्द्व चर्किएको हो।

चन्द पक्षले राप्रपाको १०३ केन्द्रीय सदस्यहरुमध्ये ६३ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ भने ८ जनाको समर्थन रहेको दाबी गरेको छ । राप्रपाको संम्पन्न महाधिवेशन अनुसार स्व। थापापछि चन्द, राणा र लोहनीलाई क्रमैसँग पार्टी अध्‍यक्ष दिने सहमति भएको थियो।

चन्द पक्ष आफूहरु वैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगदेखि अदालतसम्म गएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१