बैतडीमा पहिरोले १७ लाखको क्षति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० भाद्र २०७२, आईतवार १२:२६

भीमदत्तनगर,  २० भाद्र  । गत शुक्रबारको अविरल वर्षाका कारण गएको पहिरोले बैतडीको विजयपुर गाविसमा व्यापक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पहिरोले विजयपुर गाविसका विभिन्न वडामा १७ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको जनाएको छ । पहिरोले विजयपुर गाविसका किसानको दर्जनौँ रोपनी बालीनालीसहितको खेत बगाएको छ । प्रहरी हबल्दार सूर्यबहादुर बोगटीको नेतृत्वमा गएको प्रहरी टोलीले स्थलगत निरीक्षण गरी विवरण सङ्कलन गरेको हो ।k

पहिराले धान, मकै, दलहन बाली, तरकारी, फलफूललगायत बालीनालीमा ठूलो क्षति पारेको छ । स्थानीयवासी सुरेन्द्र जोशीको घर माथिबाट आएको पहिरोले घर उच्च जोखिममा पारेपछि उहाँको परिवारै विस्थापति भएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१