राष्ट्रपतिले भने, ‘ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री बन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार १०:१५
काठमाडौं, १४ भाद्र  । राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए ।

सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर …. केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ ।

त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए ।

स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो ।

खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह उचाल्ने पछार्ने खेलमा लागेका हुन् । साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१