राष्ट्रपतिका तीन शर्त सहित छोरालाई मन्त्री बनाउन दबाब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार ०९:१७

rastrapatiकाठमाडौं, १४ भाद्र  । २०५९ सालताका आम निर्वाचन हुन नदिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले जे जस्ता गतिविधि गरेका, यतिबेल राष्ट्रपति डा। रामवरण यादवले पनि संविधान निर्माण हुन नदिन त्यस्तै गतिविधि गरेका छन् ।

यादव राष्ट्रपति पदमा बहाल रहेसम्म संविधान जारी हुने कुरामा आशंका गर्न थालिएको छ । समाचार स्रोतका अनुसार राष्ट्रपति यादवले मुख्यतः तीनवटा शर्त अघि सारेका खबर आजको तरुण साप्ताहिकमा  छ  ।

यी तीनवटा शर्तमध्ये एउटा शर्त उनी महामन्त्री रहिसकेको पार्टी नेपाली कांग्रेस सामू राखिएको छ ।

स्रोतका अनुसार वर्तमान व्यवस्थापिका ससद रहुन्जेल राष्ट्रपतिको नयाँ निर्वाचनको व्यवस्था गर्न नपाइने, अगीकृत नागरिकमाथि संवैधानिक रुपमा कुनै भेदभाव गर्न नपाइने शर्त उनले राखेका छन् ।

यसैगरी, सभासद्समते बनाइएका आफ्नो छोरा चन्द्रमोहनको राजनीतिक भविष्य सुनिनिश्चित गरिदिन ९मन्त्री बनाइदिन० उनले माग राखेको कांग्रेस सभापति सुशील कोइरालाले निकटस्थहरुसँग जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१