किन गए वैद्य माओवादीका शीर्ष नेता राष्ट्रपति निवासमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०९:३३

baidya-yadavकाठमाडौँ, १२ भाद्र ।

संविधानसभालाई भंग गरेर गोलमेच सम्मेलन मार्फत संविधान जारी गर्नुपर्ने माग राख्दै आएको नेकपा माओवादीका शीर्ष नेताहरु शुक्रबार अचानक राष्ट्रपति निवासमा देखिए । माओवादी अध्यक्ष मोहन वैद्य, सीपी गजुरेललगायतका शीर्ष नेताहरु उपस्थित भेटघाट कार्यक्रमको आयोजना भने राष्ट्रपति स्वयमले नै गरेका थिए ।

शीतल निवासमै बोलाएर राष्ट्रपति यादवले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेताहरुलाई संविधान निर्माणमा सहयोग गर्न र संविधान जारी गर्नका लागि उल्लेखनीय भूमिका खेल्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले बताए । भेट पछि माओवादी नेता सिपी गजुरेलले संविधान निर्माणमा देखिएको अन्यौलबाट राष्ट्रपति चिन्तित रहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१