कैलाली घटनाको जवाफदेहिता विषयक अन्तरक्रिया सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०८:०१

   bhim-lamaकाठमाडौँ ,१२ भाद्र । बोष्टर मिडियाले राजनीतिक सामाजिक तथा समसमायिक विषयबस्तुमाथी बिहीवार राजधानीमा छलफल र बहस गरेको छ ।

देशको पछिल्लो समयमा भएको राजनीतिक गतिरोधले निम्त्याएको समस्याको समाधान तर्फ लैजान युवा नागरिक, सञ्चारकर्मी तथा मानवअधिकारकर्मीहरूबीच छलफल कार्यक्रम राजधानीमा सम्पन्न भएको हो । त्यस्तै कैलालीमा भएको हिंसात्मक घटनासंग सम्बन्धित रहेर घट्नाको सत्य तथ्य जानकारी बाहिर ल्याउन सरकारसंग सुनुवाई गराउन छलफल र बहसको आश्वयकता रहेको बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले  जानकारी दिए ।11903379_868992423190420_774658923_n

उनले कैलाली घटनाबाट राजनीतिक दल र सम्पूर्ण सरोकारवालाले पाठ सिक्नु पर्ने बताउदै राज्य पुनःसंरचनामा सबै समप्रदाय, समुदायको अधिकार स्थिपित हुनेगरी संविधान जारी गराउनु पर्ने ढुंगानाले बताए । छलफलमा मानवअधिकारकर्मी चरण प्रसाईंले मानव अधिकारको दृष्ट्रिकोणले उक्त घट्न निन्दनीय रहेको बताउँदै प्रहरीको ठूलो व्यक्ति मारिनुमा आश्चर्यजनक रहेको बताए । उनले यो घटना प्रहरी संगठनभित्र गम्भीर रहेको आशंका समेत व्यक्त गरे । आन्दोलनरत पक्षलाई लचक भएर अधिकारको आवाज उठाउन अपिल गर्दै सम्बन्धित निकायले पनि मागको सम्बोधन गर्नुपर्ने बताए ।11912988_868992353190427_1570626785_n

त्यस्तै एम्नेष्टी इन्टरनेश्नलका अध्यक्ष सूर्यबहादुर अधिकारीले एक नेपालीले अर्का नेपालीलाई मार्न आदेश दिन नहुने भन्दै प्रहरी प्रशासनले गोली चलाउँदा घूडाभन्दामाथी चलाउन नपाउँने कानुनमै उल्लेख गरेको बताउदै थारु समुदायको मागको सुनुवाई सरकारले गर्नुपर्ने बताए ।

त्यस्तै अधिबक्ता पुष्पराज पौडेलले देशमा राजनीतिक अस्थिरताले गर्दा अपराध बढेको र अपराधिक क्रियकलापमा युवाहरु फस्दै आएको बताए । उनले वेरोजगागरी युवालाई रोजगार र प्रोत्साहनको ठाउँमा उस्काउने र अपराधिक क्रियकलापमा लाग्ने प्रेरणा दिने कार्य गरेको आरोप लगाए ।11911371_868992536523742_1518616701_n

कार्यक्रममा पर्यटन ब्यबसायी दिपक महत ,कृषि अभियन्ता शिब अधिकारी ,हास्य कलाकार श्रीकृष्ण सिम्खडा ,सकिला पाठक ,भिम लामा लगाएतले आ-आफ्नो धारणा राखेका थिए ।

पश्चिम कैलाली टीकापुर हिंसात्मक घट्नाको बारेमा मानवअधिकार, युवा नागरिक समाज र सञ्चारकर्मी वीच घट्नाको छानविन र अनुसन्धान गर्दै समस्याको समाधान तर्फ जाने विषयमा छलफलको निष्कर्ष निकालिएको  थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१