एक माध्यमिक विद्यालय चन्दाको भरमा चल्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार १०:३५

school_20150316080532बागलुङ ।   विद्यार्थी सङ्ख्या उल्लेख्य भएर पनि शिक्षक दरबन्दीको अभाव झेलेको यहाँको एक माध्यमिक विद्यालय चन्दाको भरमा चलेको छ । तलब र नियमित खर्चसमेत नजुटेपछि तारा–६ मा रहेको दुर्गा भवानी माविले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीका अभिभावकबाट मासिक चन्दा लिन थालेको छ । “अभिभावकले राजीखुसी विद्यालयलाई नियमित सहयोग गरिरहेको छ, शिक्षकलाई तलब खुवाउनै नसक्ने अवस्था आएपछि यसो गरिएको हो”, विद्यालयका प्रधानाध्यापक टेकबहादुर घर्तिमगरले भने । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयले गत असारबाट अभिभावकबाट मासिक रु २५० का दरले सहयोग लिन सुरु गरेको प्रअ घर्तिमगरले बताउ । जम्मा ४१२ जनाले पढ्ने विद्यालयमा एक मात्र शिक्षकको स्थायी दरबन्दी छ । बाँकी सबै शिक्षक राहत दरबन्दी र स्थानीय स्रोतबाट राखिएका छन् । छपन्न वर्ष पुरानो सो विद्यालय २०६७ सालमा मावि बने पनि सो तहमा शिक्षक दरबन्दी शून्य छ । निमाविमा चार राहत दरबन्दी र प्राविमा चार राहतसहित एक स्थायी दरबन्दी छ । मावि तहका शिक्षकलाई तलव खुवाउन धौ–धौ भएपछि अभिभावकबाट नियमित सहयोग लिन थालिएको हो । गत चौमासिकमा रु एक लाख २० हजार ऋण काढेर तलब खुवाएको र शिक्षक तलबमा मात्रै मासिक रु डेढ लाखभन्दा बढी खर्च हुने गरेको प्रअ घर्तिमगरले बताए । विद्यालयले दरबन्दीबाहेकका शिक्षकको तलब चन्दा सहयोग, सामुदायिक वनको आम्दानी, वृक्षरोपण, आर्थिक सहायता लगायतका क्षेत्रबाट जुटाउने गरेको छ । विद्यार्थी सङ्ख्या उल्लेख्य हुँदा पनि जिल्ला शिक्षा कार्यालयबाट स्थायी दरबन्दी व्यवस्थाका लागि कुनै पहल हुन सकेको छैन । गत वर्ष भएको दरबन्दी मिलानमा पनि उक्त विद्यालयले शिक्षक पाउन नसकेको प्रअ घर्तिमगरको भनाइ छ । यता विद्यार्थी सङ्ख्या कम भएका गोरखाका विभिन्न विद्यालयका शिक्षकलाई छिमेकी विद्यालयमा स्थानान्तरण गरिएको छ । धेरै विद्यार्थी भएका तर शिक्षक दरबन्दी आवश्यकताअनुसार नपाएका त्यस्ता विद्यालयमा जिल्ला शिक्षा कार्यालयले काज सरुवा गरी शिक्षक खटाएको हो । सहायक जिल्ला शिक्षा अधिकारी जनार्दन रिजालका अनुसार थोरै विद्यार्थी भएका जिल्लाका ३८ विद्यालयका शिक्षकलाई अन्यत्रै स्थानान्तरण गरिएका छन् ।उनका अनुसरा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक सङ्ख्या बढी रहेका प्राथमिक तहका विद्यालयका शिक्षक समायोजनमा परेका छन् । ती शिक्षक तोकिएको विद्यालयमा हाजिर भई पठनपाठनमा संलग्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । भूकम्पले विद्यालय भवन भत्केपछि थोरै विद्यार्थी भएका विद्यालय सञ्चालनमा आउन सकेका थिएनन् । टहरो निर्माणमा कठिनाइ देखिएपछि त्यस्ता विद्यालयका शिक्षकलाई समायोजन र विद्यार्थीलाई पनि छिमेकी विद्यालयमा भर्ना गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१