प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर : अध्यक्ष ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १०:१६

eknathकाठमाडौं, १७ साउन । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले योग्यता र कार्य दक्षताको आधारमा विभिन्न विश्वविद्धालयहरुमा उपकुलपति नियुक्ति गर्न सरकार संग माग गरेका छन् । विश्वविद्धालय जस्तो राष्ट्रको जनशक्ति उत्पादन गर्ने शैक्षिक सस्थामा राजनैतिक भागबण्डाको आधारमा नेतृत्व नियुक्ति गरिदा बिद्धार्थी हरु मारमा परेका छन् भन्दै पूर्व मन्त्रि समेत रहेका ढकालले देशमा रहेका कुशल शिक्षाविदहरु योग्यताको मुल्यांकन नहुदा निराश र पलायन समेत हुने खतरा बढेको बताए । ढकालले सरकारलाई खुला प्रतिस्पर्धा बाट उपकुलपतिको नियुक्ति गर्ने परम्परा सुरु गरि शिक्षाको क्षेत्रमा नया हौसला प्रदान गर्ने अवसर बाट नचुक्न आग्रह गरेका छन् । विश्वविद्धालयको निस्पक्षतालाई कदर गर्न र सबैले स्वागत गर्न सक्ने कार्यशैलीको थालनी गर्न पनि ढकालले सरकार संग मागगरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१