साउदी र कुवेतसँग सरकारले चाडैं श्रम सम्झौता गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १७:१०

malaसरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विक्षीय सम्झौताको अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले छवटा खाडी मुलुक र मलेसियामा न्यून लागतमा कामदार पठाउने निर्णय कार्यान्वयन गर्न सम्बन्धित देशमा रहेका नेपाली नियोगलाई निर्देशन दिइसकेको उक्त मन्त्रालयका कायम मुकायम सचिव शङ्करदास बैरागीले बताए। वैदेशिक लगानी तथा पर्यटन प्रवद्र्धनका लागि विदेशस्थित सबै नेपाली नियोगलाई सक्रिय तुल्याइएको र लगानी सम्मेलन आयोजनाका निम्ति तिनलाई आवश्यक गृहकार्य गर्न अनुरोध गरिएको जानकारी पनि उनले दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१