थाहा पाउनुहोस्, गर्मीमा पसिनाबाट छुटकारा पाउने उपायहरु !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार ११:११

गर्मी महिनामा पसिना आउनु शरिरका लागि राम्रो हुन्छ । पसिना आउनाले शरीरको तापक्रम नियन्त्रित हुन्छ । तर, ज्यादा पसिना आउनु स्वास्थ्यका दृष्टीले राम्रो भने होइन् । गर्मीमा धेरै पसिना आएका कारण मानिसको बिजोग हुने गर्छ । केही मानिसको पसिनामा धेरै गन्ध आउँछ जसका कारण पब्लिक प्लेस र साथीहरूबीच पनि लज्जित हुनुपर्छ ।

pasinaकेही सहज तरिका अपनाएर यो समस्याबाट छुटकारा पाउन सकिन्छ:
– गर्मीमा बाहिर जानुभन्दा अगाडि पसिना आउने ठाऊँमा बर्फ दलेर निस्किनाले पसिना कम आउँछ ।

– शरीरको जुन भागबाट धेरै पसिना आउँछ, त्यो भागमा आलुको पिस काटेर दल्नाले पसिना कम आउँछ ।

– पसिना धेरै आउने मानिसले सकेसम्म कम नुनको प्रयोग गर्नुपर्छ ।

– केही मानिसले पसिना धेरै आउने डरले कम पानी पिउने गर्छन्, जसका कारण पसिना गन्हाउँछ । पसिनाको गन्धबाट छुटकारा पाउनका लागि धेरै पानी पिउनुपर्छ ।

– पसिना आउने ठाऊँमा लगातार भिज्नाले ब्याक्टेरियाको संक्रमण हुने गर्छ । यसले गन्ध आउने गर्छ । यसका लागि सरसफाईमा ध्यान दिनुपर्छ ।

– दैनिक एक पटक गोलभेँडाको जुस पिउनाले पसिनामा कमी आउँछ ।

– पैतालामा धेरै पसिना आउने मानिसले पानीमा फिटकिरी मिसाएर केहीबेर खुट्टा डुबाउनाले पसिना कम आउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१