जापानमा सैन्य शक्तिको दायरा फराकिलो पार्ने विधयेक पारित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १०:४२

एजेन्सी । जापानको सैन्य शक्तिको दायरा फराकिलो पार्ने विवादास्पद विधयेक त्यहाँको माथिल्लो सदनबाट पारित भएको छ । विपक्षीको चर्को विरोधका बावजुद सैन्य कानुन परिवर्तन गर्ने किसिमको विधयेक पारित भएको हो । विधयेक पारित भएसंगै बन्ने कानुनले जापानी सेनालाई अन्य मुलुकसंग लडाइ गर्न दोश्रो विश्वयुद्धयता लगाइएको प्रतिवन्ध फुकुवा गर्नेछ ।
senaजापानले दोश्रो विश्वयुद्धयता आत्मरक्षाका लागि वाहेक विदेशीसंग लडाई गर्न प्रतिवन्ध लगाएको थियो । विधयेक पारित भएसंगै जापानले अब आफु तथा आफ्नो मित्रराष्ट्रमाथि आक्रमण भए र त्यस्ता आक्रमणबाट जापानको अस्तित्व तथा जनतामाथि संकट आइपरे सिमापार लडाई गर्नसक्नेछ । प्रधानमन्त्री सिन्जो आबेले सैन्य भूमिका बढाउन सो विधयेक पारित हुन जरुरी रहेको बताउनुभएको थियो । तर सर्वेक्षणका अनुसार अधिकांश जापानी नागरिकले सो विधयेकको बिरोध गर्दै आएका छन् । सो विधयेकको प्रतिपक्षी दलले पनि चर्को बिरोध गरेको छ । संसद भवन बाहिर हजारौं सर्वसाधारणले विधयेकको बिरोधमा प्रदर्शन गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१