किड्नी फेलहुने कारणहरु र यसका उपचार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार ०६:३८

शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ ।download

किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ । यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ ।
यदि kidneyएउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ । मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ । किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।
नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण
किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।
किड्नी स्टोन (पत्थरी) र यसको लक्षण
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।
उपचार
यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ adrenal_gland किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ ।
किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१