इरानलाई परमाणु बम उपलब्ध हुन दिदैनौं : राष्ट्रपति ओबामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार ११:५४

एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले इरानसँग परमाणु सम्झौताबिना मध्यपूर्वमा थप युद्धको खतरा अत्यधिक हुने चेतावनी दिएका छन् । उनले यो भन्दा उपयुक्त विकल्प भए आफुलाई सुझाउन विरोधीहरुसँग आग्रह पनि गरेका छन् । ओबामाको यो भनाई अमेरिकी कांग्रेसका रिपब्लिकन पार्टीका केही प्रतिनिधिहरुप्रति लक्षित भएको बुझिएको छ ।

obamaअमेरिकी राष्ट्रपति ओबामाले इरानसँग भएको ऐतिहासिक परमाणु सम्झौता उपलब्धिमूलक रहेको र यसबाट इरानलाई परमाणु बम उपलब्ध हुन नदिने बताएका छन्। उनले अमेरिकी सिनेटलाई उक्त सम्झौताको विरोधमा कुनै काम नगर्न चेतावनी पनि दिएका छन्। सिनेटले यो सम्झौताविरुद्ध कुनै विधेयक ल्याउन खोजे आफूले राष्ट्रपतिको अधिकार प्रयोग गर्ने स्पष्ट पारेका छन्। ओबामाले भने, ‘यो सम्झौतालाई प्रभावित बनाउने कुनै पनि विधेयक म रोकिदिन्छु।’ ओबामाले यस सम्झौता महान् उपलब्धि भएको पनि बताए। यस सम्झौताका कारण १५ वर्षसम्म इरानले आणविक हतियार बनाउन नसक्ने पनि खुलासा गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१