पाकिस्तान र भारतीय सुरक्षाबल बीच रातभरी गोलीबारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार ११:०३

एजेन्सी। पाकिस्तानले पछिल्लो २४ घण्टामा दोस्रो पटक सीजफायर उल्लघंन गरेको छ। पाकिस्तानी रेन्जरहरुले बिहिबार बेलुका स्थानीय समय अनुसार ४ बजेबाट जम्मु जिलेको आरएस पुरा क्षेत्रमा भारतीय सीमा सुरक्षाबलका ५ वटा चौकीलाई निशाना बनाएको छ। त्यसपश्चात भारतीय सीमा सुरक्षाबलका जवानहरुले पनि जवाफी हमला गरेका छन्। गोलीबारी बिहानसम्म जारी थियो।

akistanयो भन्दा अघि पनि पाकिस्तानले बुधबार जम्मुकै अखनुर क्षेत्रमा सीजफायर उल्लघंन गरेको थियो। जसमा मोर्टार फायर गर्दा एक महिलाको ज्यान गएको थियो। बीएसएफ तर्फका एक जवान सहित तीन अन्य मानिस घाइते भएका थिए। पछिल्लो १३ महिनामा भारत र पाकिस्तानका प्रधानमन्त्रीहरु ३ पटक भेटिसकेका छन्। तर यहि समयमा पाकिस्तानले ५०० भन्दा बढी पटक युद्धविराम तोड्दै फायररिङ गरिसकेको भारतीय सञ्चार माध्यम जनाउँछन्। यो घटनाबाट भारत र पाकिस्तान बिचको पुराना दुश्मनी अझै पनि कायमै रहेको थाह हुन्छ। प्रधानमन्त्री स्तरिय भेटले पनि सुल्झाउन नसकेको यो विवाद अन्ततः युद्धकै रुप लिन्छ कि भन्नेमा भारतीय आशकंति छन्। झट्टै यस्तो परिस्थिति नआएपनि छिटै नसुल्झिएमा भारत(पाकिस्तान सीमा तनावग्रस्त हुने देखिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१