धूम्रपान गर्नु हुन्छ ? गुम्न सक्छ आँखाको दृष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार ११:०३

नेपाललगायत बिकासोन्मुख देशहरुमा ३०% भन्दा बढीले मानिसहरुले धूम्रपान गर्छन । यसमा हुने ४०० हानिकारक तत्वमध्य ४० ओटाले क्यान्सर गराउन सक्छन । फोक्सो, मृगौला, दिमाग, मुटू, मुख र पेटसम्बन्धी अनेक रोग र क्यान्सर गराउने कुरा धेरैलाई थाहा छ तर आँखामा हुने रोग धेरैलाई थाहा नहुन सक्छ।
aakhaधुम्रपान गर्ने ४५ बर्षीय पंजाब निवासी राजिंधर सिंह एकाएक १ बर्षमा अाखाँ देख्न नसक्ने भएको र सधैको लागी दृष्टि गुकमाउनु परेको कहालिलाग्दो यथार्थ देखेपछि म एक आँखा रोग अध्ययनरत बिधार्थीको नाताले धुम्रपानले आँखामा गर्ने असरहरुको खोजी गर्न थाले । ३ बर्षको दौरानमा करीब १००० आखा रोगीमा धुम्रपानको अहम् भूमिका देखे ।

ति लक्षणहरु निम्नलिखित हुन:
१. आँखा चिलाउने
२. आँखाका रक्तनलीका रोग
३. मोतियाबिन्दु
४. ARMD Retinal degeneration ( पर्दा कमजोर हुने रोग)
५. आँखाका कैन्सर
६. डेढेपन
७. Sarcoid आखाको क्षयरोग
८. टक्सिक अमब्ल्योपिया ( धुम्रपानले हुने अन्धोपना)
९. थाइरोइडको कारण हुने आखारोग

यि मध्ये आखा चिलाउने सबभन्दा दोहोरिने गर्छ, यो प्राय धुम्रपान गर्नेसंग बस्ने लाई हुन्छ।
अब माथि उल्लेखित ब्यक्तिलाई के भएको थियो त ?
उत्तर हो टक्सिक अमब्ल्योपिया जसको कुनै उपचार छैन।

अब के गर्ने त?
धुम्रपान नगर्ने, अनि छोड़ने र अरुलाई छोड़न लगाउने। किनभने धुम्रपान स्वास्थ्य र आँखाको लागि पनि हनिकारक छ।

-डा. बिक्रम बहादुर थापा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१