चितवन बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे भेटियो, सचेत हुन आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार १३:२९

रत्ननगर, २४ असार । चितवनको भरतपुरस्थित बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा प्रशस्तै भेटिएका छन् । डेङ्गु रोग नियन्त्रणका लागि जिल्लामा भएको लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियानका क्रममा यस्तो फेला परेको हो ।  जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले आज दिएको जानकारीअनुसार होटल, घर, कवाड दोकान, गाडी ग्यारेज तथा स्कुलमा समेत लामखुट्टे भेटिएको छ । वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उहाँले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयलाई आग्रह गर्नुभयो । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् ।

This is an Aedes albopictus female mosquito obtaining a blood meal from a human host.

यही २२ गतेदेखि सुरु भएको ‘खोज र नष्ट गर’ अभियान आज पनि जारी छ । भरतपुर क्षेत्रमा बिहानैदेखि ७५ जना महिला स्वयम्सेविका यो अभियानमा परिचालित छन् । अभियान सकिएपछि केही दिनमा अन्तिम प्रतिवेदन आउने कार्यालयले जनाएको छ ।  महिला स्वास्थ्य स्वयंसेविका सपना तामाङले आफू पुगेका आधाजसो घरमा लामखुट्टे फेला पारेको बताइन्। हरेक वर्ष अभियान चलाइएको र पहिलो वर्ष भेटिएका घरमा समेत अहिले पनि पुनः भेटिएको भन्दै उनले स्थानीयवासी सचेत नभएको पाइएको बताइन्।

चितवनमा यो आर्थिक वर्षको अहिलेसम्म ११९ जनामा डेङ्गु लागेको पुष्टि भएको छ। कुल एक हजार ६७८ जनाको नमुना परीक्षणमा ११९ जनालाई डेङ्गु रोग लागेको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले जानकारी दिए।  उनका अनुसार वर्षा लागेपछि डेङ्गुका बिरामी बढ्ने गरेकाले यो समयमा चेतनामूलक कार्यक्रम सुरु गर्न लागिएको हो।  एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ । त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको केसीले बताइन्।

गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । चितवनमा २०६७/६८ सालमा डेङ्गुको महामारी फैलँदा ५ जनाले ज्यान गुमाएका थिए । २०६९ सालमा थप एकको मृत्यु भएको थियो । त्यसयता हरेक वर्ष सयाँै मानिसमा डेङ्गु लागेको पाइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१