रौंले दुःख दियो ? त्यसो भए घरेलु विधिबाट समाधान गर्नुहोस् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १३:०६

सबैको शरीरमा रौँ हुन्छ । तर, केही व्यक्तिको रौँ यति बढी हुन्छ कि यसले समग्र सुन्दरतामै ह्रास ल्याउने गर्छ । यस्तो समस्यालाई विशेष गरी महिलाले बढी गम्भीरतापूर्वक लिने गर्छन् । हर्मोनको गडबडीका कारण उत्पन्न हुने यस्तो समस्या केही घरेलु विधिबाट समाधान गर्न सकिन्छ ।

प्युमिक स्टोन नाम गरेको पत्थर बजारमा किन्न पाइन्छ । नुहाउनुअघि पत्थरले रौँ भएको ठाउँमा रगड्ने गर्नाले रौँ झर्छ ।

rauबेसनमा दही मिलाएर पेस्ट बनाई बढी रौँ पलाएको ठाउँमा दल्ने । केही बेरपछि यसलाई रगड्ने र चिसो पानीले धुने । नियमित यसो गर्नाले रौँ क्रमश: हराउँदै जान्छ ।

आयुर्वेदिक पसलमा तनाको पाउडर र कुसुमा तेल पाइन्छ । यसलाई मिलाएर पेस्ट बनाउने र अलिकति बेसार मिसाउने । यसरी तयार भएको पेस्ट सुत्नुअघि रौँ बढी भएको ठाउँमा लगाउने । बिहान उठेर पानीले सफा गर्ने । यसो गर्नाले रौँ कम हुँदै जान्छ ।

मह, कागती र चिनीको मिश्रण तयार पार्ने । यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने । त्यसपछि सुतीको कपडाले छोप्दै, निकाल्दै गर्ने । कपडासँगै रौँ निस्किन थाल्छ ।

चिनी र कागती मिसाएर रौँ भएको ठाउँमा लगाउने र करिब १५ मिनेट मसाज गर्ने । त्यसपछि सफा गर्ने । रौँ कम हुँदै जान्छ । थ्रेडिङ र वेक्सिङ गरेरसमेत अनावश्यक रौँबाट छुटकारा पाउन सकिन्छ ।

अनावश्यक रौँबाट छुटकारा दिने लेजर प्रविधि विकास भएको छ । यो अलिक महँगो हुन्छ । यो विधिबाट एकपटक रौँ निकाले फेरि कहिल्यै पलाउँदैन ।

-नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१