हातमा आउने पसिना कसरि रोक्ने?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७२, बिहीबार ११:४९

हातमा पसिना आउनु सामान्य हो तर अत्यधिक वा अस्वाभाविक रुपमा पसिना आउनु भनेको रामो होइन । के तपाई पनि आफ्नो हातमा अत्यधिक पसिना आउनाले दिक्क वा निराश हुनुहुन्छ? यदि हो भने अब चिन्ता नगर्नुस् । यसलाई उपचार गरेर कम गर्न सकिन्छ । तर सबैभन्दा पहिले तपाईले अत्यधिक पसिना आउनुको कारण के हो थाहा पाउनुपर्छ ।
हातमा पसिना आउनुको धेरै कारणहरु हुन सक्छन् जस्तै : हाइपरहाइड्रोसिस, कम रक्तचाप, तनाव आदि । खुट्टाको पाइताला तथा हातमा अत्यधिक पसिना आउनलाई सधैँको लागि निको त बनाउन सकिदैन तर केहि हदसम्म कम गर्न भने सकिन्छ । यसको लागि निम्न उपायहरु अपनाउनुहोस् ।

hand१) बेकिंग सोडा :
मनतातो पानीमा थोरै बेकिंग सोडा मिसाएर उक्त पानीमा आफ्नो हात ५ मिनेटसम्म डुबाएर राख्नुस् । त्यसपछि तपाईको हातमा केहि घण्टासम्म पसिना आउन रोकिन्छ ।

२) टेल्कम पाउडर :
यदि हातमा हल्का पसिना आउँछ भने तपाईले टेल्कम पाउडरको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई तपाईले आग्नो ब्यागमा पनि राख्न सक्नुहुन्छ ताकि आवश्यक परेको बेला उक्त पाउडर प्रयोग गर्न सक्नुहुन्छ ।

३) टि-ब्याग :
चिसो पानीमा ४-५ वटा ति-ब्याग राख्नुस् र उक्त पानीमा आफ्नो हात केहि मिनेटको लागि डुबाउनुहोस् । यसले प्राकृतिक रुपबाट पसिना आउन कम गर्दछ ।

४) ध्यान :
ध्यान गर्नाले तपाईको धेरै रोगहरु निको हुन्छ । अत्यधिक पसिना तब आउँछ जब तपाई तनावमा हुनुहुन्छ वा केहि कुराले सताइरहेको हुन्छ । तर तपाईले योग तथा ध्यान गर्नु भयो भने यसले तपाईलाई तनाव मुक्त गराउँछ र केहि हदसम्म पसिना आउन पनि कम हुन्छ । यसै गरी अत्यधिक पसिना रोक्नको लागि आफ्नो खानपिनमा पनि सुधार गर्नु पर्दछ । त्यस्तै लसुन, प्याज तथा अन्य मसला खानाले अत्यधिक पसिना आउंछ । यस्ता खनेकुराहरु कम गनुपर्छ।
गोलभेंडाको रस पिउनाले पनि पसिना आउन कम हुन्छ किनकि यसले शरीरलाई चिसो बनाइरख्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१