सुन्दर बन्न म खतरा उठाउन सक्दिन : सलमा हायक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार ११:१२
salinaप्लास्टिक सर्जरी गर्न यति बेला हलिउड र बलिउड कलाकारहरु बढि तम्सिएको देख्न सकिन्छ । सुन्दर बन्नका लागी जुन सुकै पनि खतरा उठाउन सक्ने हलिउड र बलिउड कलाकारहरु बेला बखतमा यसै विषयका कारण पनि चर्चामा आउने गरेका छन् । तर हलिउड अभिनेत्री सलमा हायक भने आफ्नो शरिर सुन्दर बनाउनका लागी कुनैपनि खतरा उठाउन नसक्ने बताएकी छिन् । उनले एक अन्तरर्वार्ताको क्रममा भनेकी छिन् -‘सन्दरताको मामलामा म कुनै पनि जोखिम उठाउन सक्दिन ।’ उनले अगाडी भनेकी छिन् -‘प्लास्टिक सर्जरी गर्नु निकै जोखिम काम हो त्यसैले मलाई कुनै पनि रहर छैंन म प्लास्टिक सर्जरी गरौं ।’ ४८ बर्षकी सलमा हायक भन्छिन् -‘मलाई धेरैले भन्छन् प्लास्टिक सर्जरी गर भनेर तर मलाई त्यो चिज पटक्कैं मन पर्दैन । म सुन्दर बन्नका लागी कुनै पनि खतरा उठाउन सक्दिन । म जस्तो छु त्यसैमा खुसी हुने यूवती हुँ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१