शिक्षक सेवा आयोगले लिन लागेको परीक्षाको मिति सर्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार ११:३१

tsc-edukhabarभक्तपुर १२ जेठ । शिक्षक सेवा आयोगले लिन लागेको परीक्षाको मिति सरेको छ । माध्यामिकको परीक्षा असार २५ गते र निम्न माध्यामिकको परीक्षा २६ गतेका लागि सारिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए । भूकम्पको कारण विद्यार्थीको पढ्ने मनस्थिती नभएको हुँदा परीक्षा पछि गर्ने निर्णय भएको उनले बताए । यस अघि असार ११ र १२ गतेका लागि परीक्षा मिति तय भएको थियो । यस्तै असार १३ गते हुने भनिएको माविको अध्यापन अनुमति पत्रको परीक्षा असार २८ गते हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१