प्राधानाध्यापक बेपत्ता घटनाको अनुसन्धान गर्न क्षेत्रिय टोली बझाङमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार १०:२३

सम्राट सिंह 

बझाङ, १० जेठ । बाँझ गाविसको शिक्षाद्घय प्रावि बखेतका प्राधानाध्यापक जय बहादुर चन्दलाई बेपत्ता गरेको पाँच दिन सम्मपनि फेला नपारेपछि क्षेत्रिय प्रहरी कार्यालयवाट प्रहरी अधिकृतहरुको एक टोली बझाङ आएको छ ।
घटना भएको क्षेत्रमा रात दिन जिल्लाका प्रहरीले चन्दको अवस्था खोजी गर्दा पनि कतै नभेटाएपछि घटनाको थप अनुसन्धान गर्न क्षेत्रिय प्रहरी कार्यालय धनगढीको टोली जिल्लामा आएको हो । टोलीमा प्रहरी नायब उपरिक्षक राजकुमार लम्साल सहित ४ जना रहेका छन् । टोलीले बेपत्ता पारिएका प्रअ चन्दमाथी कुटपटि भएको स्थानमा स्थानियहरु संग सोधपुछ साथै घटनामा संलग्नहरुका घर परिवार र बेपत्ता गरेको हुन सक्ने आशंका गरेको कालंगा खोला , सेती नदिको छेउछाउमा अनुसन्धान थालेको छ ।
bajhanजेठ १ गते राती बागथलाको होटलमा चौडाम घरभएका युवा संगठनका अध्यक्ष भक्त भण्डारी सहित नेकपा एमालेका र्निबाचन क्षेत्रनम्वर २ का क्षेत्रिय अध्यक्ष समेत रहेका पुष्कर भण्डारी र ऐन बहादुर भण्डारीले कुटपिट गरि चन्द लाई बेपत्ता पारेको थियो ।
राती प्रअ चन्द लाई मरणासन्न गरि कुटपिट गरि बेहोस अवस्थामा उपचार गछौ भनि देउरा लैजान्छौ भनेर तिनै जनाले प्रअ लाई मोटर साईकलमा देउरा तर्फ ल्याएका थिए । बजुवा भन्ने स्थानमा प्रअ चन्दको सर्ट र जनै रक्ताम्मे भएको अवस्थामा फेलापरेको हुदा उनलाई मारेर खोलामा बगाएको वा जमिन मुनी गाडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रअ चन्द लाई मारेरै फालेको देखीन्छ प्रहरी नायव उपरिक्षक लक्ष्मी अधिकारीले भने तर लास कता गाहेब गरे त्यो पत्ता नलाग्दा आफुहरु लाई पनि हैरान भएको छ । पिडित परिवारहरुले सरकार संग कि लास देउ कि सास देउ भनेर दवाव दिदै आएका छन् । उनिहरुले केहि दिन अगाडी जिल्लामा अनुगमनका क्रममा आएका क्षेत्रिय प्रशासक समक्ष पनि अवस्था जानकारी गराई अपराधिलाई हदैसम्म कारबार्हिको माग राखेका थिए । घटनामा संलग्न भण्डारीका केटाहरु लाई राती जिपमा डडेल्धुरा सम्म पुर्याई दिने जिप चालक र रक्सी खाएको होटलका मालीक लाई प्रहरीले नियन्त्रण लिएको छ । हाल सम्मपनि लाषको पत्ता नलागेपछि यो घटना जिल्लामा खुल्दुलीको विषय भनेको छ ।
घटना रहस्यमय भएको हुँदा थप अनुसन्धानका लागि प्रहरी हेड क्वाटरबाट कुकुरहरु ल्याउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१