लोकसेवा आयोगको परीक्षा २९ गतेदेखि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७२, शुक्रबार १०:२२

काठमाडौं,८ जेठ । लोकसेवा आयोगले भूकम्पका कारण स्थगित भएका परीक्षा आउँदो २९ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा, खरिदार तथा स्वास्थ्य सेवा तर्फको विभिन्न पदको लागि स्थगित परीक्षा आउँदो २९ गतेदेखि संचालन गर्ने निर्णय गरेको उपसचिव गीताकुमारी हुमागाईंले जानकारी दिनुभयो ।

lokयी पदको लिखित परीक्षा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण स्थगित भएको थियो । आयोगले पूर्वनिर्धारित कार्यतालिकामा भूकम्पका कारण केही तलमाथि भएपनि कुनै फरक नपर्ने जनाएको छ । यसको थप जानकारी यहाँबाट पनि लिन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१