भूकम्पका कारण ३ सय ८० विद्यार्थी र ६४ शिक्षकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७२, बिहीबार १२:११

eduकाठमाडौं,७ जेठ । भूकम्पमा परी अहिले सम्म ३ सय ८० विद्यार्थी र ६४ शिक्षकको मृत्यु भएको शिक्षा मन्त्रालयले जनाएको छ । बुधवार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ४९ जिल्लमा १९ हजार २ सय ८९ विद्यालय मध्ये ६ हजार ९ सय २ विद्यालय भूकम्पबाट प्रभावित भएको जनाईएको छ । १६ हजार ४ सय ७५ कक्षा कोठा पूर्ण, ७ हजार २ सय ६६ कक्षा कोठा अधिक र १२ हजार ६ सय १३ कक्षा कोठमा सामान्य क्षत भिएको उल्लेख छ । २ हजार १ सय ६ शौचालय, १ हजार ४ सय ५९ विद्यालयका पर्खाल र १ हजार ३ सय ६३ विद्यालयको खानेपानीमा क्षती पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१