११ र १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार ११:२७

काठमाडौं,५ जेठ । विनाशकारी भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पवाट अति प्रभावित ७ जिल्ला बाहेक ६८ जिल्लाका लागि परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार कक्षा १२ को परीक्षा जेठ २० र ११ को परीक्षा असार १ गतेवाट संचालन गरिने उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोईरालाले जानकारी दिनुभयो । भूकम्पवाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ र गोरखाका लागि भने परीक्षा तालिका पछि सार्वजनिक गर्ने परिषद्ले जनाएको छ ।
यसअघि कक्षा १२ को बैशाख २० र ११ को जेठ १ गतेवाट परीक्षा लिने तयारी गरिएकोमा भूकम्प गएपछि स्थगित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१