शिक्षकद्धारा १० बर्षिय बालिकालाई जबरजस्ती करणीको प्रयास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार १०:३८

नारायण रिजाल 

बागलुङ,३ जेष्ठ । बागलुङको पैयुँथन्थापमा रहेको गाउफर्क नि.मा.वि.मा अध्यापन गर्ने २२ बर्षिय शिक्षक नारायण आचार्यलाई सोहि विद्यालयमा कक्षा ५ मा अध्ययनरत दश बर्षिय छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । अधिल्लो सोमवार साँझ आपैmले पढाउने विद्यायलयकी १० वर्षिया बालिका लाई ललाई फकाई गरी करणी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । शिक्षक आचार्यलाई कडा कार्वाहीको माग गर्दै अन्तरपार्टी महिला संजाल पैयुथन्थापले शुक्रबार पैयुँथन्थापमा प्रदशर्न समेत गरेका थिए । उनीहरुले प्रर्दशन पछि आन्दोलनका थप दबावमूलक कार्यक्रम घोषणा समेत गरेका छन् ।

refसंजालले आरोपित शिक्षक माथि कारवाही नभए सम्मका लागि गाविस तथा जिल्लास्तरमा विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम गर्ने सञ्जालकी सचिव देवी थापाले बताएकी छिन् । बलात्कार जस्तै अपराधलाई मेलमिलापमा टुंग्याउन परिवारलाई दबाव आउन थाले पछि आन्दोलनको कार्यक्रम तय गरीएको थापाको भनाई छ । घरपरिवारले सोमबार जबरजस्ती करणी गरेको आरोप लगाउदै दिएको उजुरीका आधारमा प्रहरीले आचार्यलाई बुधबार पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१