कुटपिट गरी प्रधानाध्यापक बेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार १०:३४

सम्राट सिंह
बझाङ,२ जेठ । बाँझ गाविसको शिक्षाद्घय प्रावि बखेतका प्राधानाध्यापक जय बहादुर चन्दलाई शुक्रबार राती एक समुहले कुटपिट गरी बेपत्ता पारिएको छ । बाँझ गाविस २ बखेतमै घर भएका प्रअ चन्द लाई रायल गाविस २ चौडामका भक्त भण्डारी, पुष्कर भण्डारी र ऐन बहादुर भण्डारीले कुटपिट गरि बेपत्ता गरेको हो । स्थानिय बागथला बजारमा रहेको राधाकृष्ण होटलमा राती मदिरा सेवन गरीरहेका भक्त भण्डारी, पुष्कर भण्डारी र ऐन बहादुर भण्डारीले घर हिडि रहेका प्रअ चन्द संग काम छ भनेर नियन्त्रणमा लिई कुटपिट गरी बेपत्ता पारिएको प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए । उनले भने शिक्षक भर्नाका विषयमा विवाद भएपछि केटाहरुले प्रअ चन्द्रलाई कुटपिट गरेछन् ।
कुटपिट पछि घाईते भएका प्रअलाई रातीनै केटाहरुले उपचार गछौ भनेर मोटर साईकलमा रायल गाविसको देउरातिर ल्याएको देखीयो तर अस्पताल नपुर्याउदै बजुवा भन्ने ठाँउ बाट चन्द्र लाई बेपत्ता गरिएको छ ।
refकरिब ४२ बर्षिय प्रअ घाईते अवस्थामा जिउदा छन् वा मारेर लाष दवाएको छ अहिले सम्म पत्ता लागेको छैन । रगतले झिजेको सर्ट र पर्स बजुवामै भएकाले उनिहरुले मारेर खोलामा बगाए वा कतै ओढार जमिनमा दवाएको हुन सक्ने प्रहरीको अनुमान छ । आफन्त र प्रहरीले खोजी गर्दै आएका छन् । घटनामा संलग्न भण्डारीका केटाहरुले चलाएको बा.६५ प. ५८७६ नम्बरको मोटर साईकल २० किलोमिटर टाढा स्याँडी गाविसको लिम भन्ने ठाउँमा सडक छेउमा छोडेर अपराधीहरु फरार रहेका छन् ।
शिक्षाद्धय प्रावि बखेतमा राहात शिक्षक भर्नाका लागी रिक्तकोटा भएकाले त्यहाँ एमाले पक्षको मानिस राख्नु पर्ने भन्दै भण्डारीका केटाहरुले यस अगाडी पनि शिक्षक चन्द्र लाई दवाव दिइदै आएको बुझिएको छ । तर प्रअभने विज्ञापन गरेर सक्षम योग्य व्यक्ति छनौट गर्ने अडानमा भएका वताईन्छ । कुटपिटमा संलग्न भक्त भण्डारी नेकपा एमालेको भातृसंगठन युवा संघका अध्यक्ष हुन ।
पटक पटक जिल्लामा हत्याका घटनाहरु हुँदा समेत यहाँको प्रहरी प्रशासनले अपराधि पक्राउ गर्न नसकेको बझाङ्ग बासी गुनासो रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१