एक कप चियाको पैसाले विद्यालय बनाउने नेविसंघको निर्णय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७२, बुधबार १८:०५

काठमाडौं, ३० बैशाख । नेपाल विद्यार्थी संघले भूकम्पका कारण क्षतिग्रस्त विद्यालयहरुको पुननिर्माण एवं अनाथ भएका बालबालिकाको अध्ययनका लागि अक्षय कोष स्थापना गरेको छ । नेविसंघद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेविसंघ आबद्ध देशभरका विद्यार्थीहरुसंग एक कप चिया बराबरको रकम संकलन गरी विद्यार्थी ‘नेविसंघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोष’ को घोषणा गरिएको हो । सो कोषका लागि नेपाली कांग्रेसका सभाषद ईन्द्र बानियाँ र समाजसेवी होमनाथ कोइरालाले ५–५ लाख रुपैया हस्तान्तरण गरेका छन् । नेविसंघ अध्यक्ष रञ्जित कर्णले राष्ट्र विपदमा परेका बेलामा विद्यार्थीको भविष्य जोगाउन विद्यार्थी संगठन क्रियाशील हुन आवश्यक भएकोले कोष स्थापना गरिएको बताए । ‘हामी आन्दोलन र टायर बाल्ने मात्रै संगठन होइनौं ।
क्षति भएका विद्यालय बनाउन र पीडित विद्यार्थीको भविष्यप्रति पनि सचेत संगठनका कार्यकर्ता हौं । त्यसैले हामीले यो कोष मार्फत विद्यालय बनाउन र अनाथ विद्यार्थीको शिक्षामा सहयोग गर्ने लक्ष्य लिएका छौं ।’, कर्णले भने । नेविसंघले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको ‘नेपाल विद्यार्थी संघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोष’ को खाता नम्बर ११३०००३७६७०१ मार्फत ईच्छुक जोकोही कोष निर्माणमा सहयोग गर्न सक्ने जनाएको छ ।
nabiसो कोषमा जम्मा भएको रकम भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त विद्यालयहरु निर्माण गर्न सहयोग गरिनेछ । कोषको स्थापनार्थ ५ लाख रुपैयाँ हस्तान्तरण गरेका कांग्रेस सभाषद ईन्द्र बानियाँलेविद्यार्थीको भविष्य जोगाउन सके भूकम्पका कारण निम्तेको विपद छिट्टै समाधान गर्न सकिने भन्दै कोषमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
‘यस्तो कोष स्थापना गरेर नेविसंघले सकरात्मक पहल लिएको छ । अन्य विद्यार्थी संगठनहरुले पनि यसको सिको गर्नुपर्छ ।’, बानियाँले भने । यस्तै समाजसेवी होमनाथ कोईरालाले पनि भूकम्पको क्षतिपछि पनि शिक्षा क्षेत्रलाई जोगाएर लानुपर्ने दायित्व भएकोले सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
एक हजार अनाथ विद्यार्थीको शिक्षासहितको पालनपोषण जिम्मा नेपाल विद्यार्थी संघले नेपाल बाल संगठनसंगको सम्झौताका आधारणमा भूकम्पका कारण अनाथ भएका १ हजार विद्यार्थीहरुको शिक्षा सहितको पालनपोषणको जिम्मा लिने भएको छ ।
नेविसंघ अध्यक्ष कर्णका अनुसार नेपाल बालसंगठनको भर्ना मापदण्ड अनुसार १ हजार अनाथ बालबालिकाको अध्ययन र पालनपोषणको जिम्मेवारी लिन लागिएको हो । नेपाल बाल संगठनका महासचिव सुवास पोखरेलले संगठनले लामो समयदेखि अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोमा भूकम्पपछिको अवस्थामा भूकम्पप्रभावित अनाथ बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्न लागेको बताए ।
‘नेविसंघले यसको अग्रसरता लिएकोमा धन्यवाद । हामी भूकम्पका कारण अनाथ बनेका विद्यार्थीको भविष्य अध्याँरो बन्न दिनेछैनौं । उनीहरुको उचित पालनपोषण र शिक्षा दिक्षाको जिम्मा हामी लिन्छौं ।’, महासचिव पोखरेलले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१