तिन दिनमा विद्यार्थीका लागी तीन कोठे भवन निर्माण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार १०:११

इलाम,२८ बैशाख । बैशाख १२ गते गएके विनाशकारी भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेर पठनपाठन अवरुद्ध भएपछि अनेरास्ववियुले इलामको चमैता–४ स्थित कञ्चनजङ्घा प्राविमा अस्थायी टहरा निर्माण गरिदिएको छ । सदरमुकामबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको उक्त प्राविको भवन निर्माण कार्यमा अनेरास्ववियु जिल्ला कमिटीका सदस्य जुटेर बनाइदिएका हुन् । तीन दिन भित्रमा ३५ फुट लम्बाइ र १५ फिट चौडाइको तीनकोठे भवन तयार गरेर विद्यालयमा आइतबारदेखि पठनपाठन सञ्चालन भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष रवीन्द्र सुवेदीले जानकारी दिए ।

schoolrविद्यालयका तीन भवनमध्ये दुई भूकम्पले भत्किएपछि पठनपाठन हुन सकेको थिएन । सदरमुकामबाट छ बन्डल जस्तापाता लिएर गएको १५ जनाको टोलीले तीनकोठे अस्थायी भवन निर्माण गरेको हो । यो विद्यालयमा ४७ विद्यार्थी अध्ययनरत छन् । विनाशकारी भूकम्पका कारण इलामका ५० विद्यालयमा क्षति पुगेको छ । भूकम्पका कारण विद्यालयमा एक करोडबराबरको क्षति पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१