बृहत पुस्तक प्रदर्शनी सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७२, शुक्रबार १४:४७

bookकाठमाडौं, ११ वैशाख । काठमाडौंको भृकुटीमण्डपमा बृहत पुस्तक प्रदर्शनी सुरु भएको छ । डिकुरा पब्लिकेशन र रिड एण्ड ग्रो पब्लिकेशनको आयोजनमा शुक्रबार बृहत पुस्तक प्रदर्शनी सुरु भएको हो । कानुनमन्त्री नरहरि आचार्यले प्रदर्शनीको उदघाटन गर्नुभयो । प्रदर्शनीमा विभिन्न २५ वटा प्रकाशन गृहका पुस्तक राखिएका छन् । वैशाख २१ गतेसम्म चल्ने प्रदर्शनीमा गजल तथा मुक्तक वाचन, पुस्तक विमोचन, सेलिब्रेटी र साहित्य बहस लगायतका कार्यक्रम पनि राखिएका छन् । पुस्तक पारखीले प्रदर्शनीमा छुट भने पाउने छैनन् । प्रदर्शनीका संयोजक पुण्यप्रसाद प्रसाईंले सरकारले कागजमा उच्च भन्सार शुल्क लिइ भारतबाट आयात हुने पुस्तकमा  भन्सार छुट दिएका कारण नेपाली प्रकाशन गृहहरु मारमा परेको बताउनुभयो । उहाँले नेपाली प्रकाशन गृहलाई बचाउन भारतबाट आयात हुने पुस्तकमा भन्सार उठाइनुपर्ने बताउनुभयो । पुस्तकको आयातमा भन्सार छुट भएका कारण कतिपय प्रकाशकले पुस्तक भारतमा प्रकाशन गरेर आयात गर्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१