आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार ११:४९

काठमाडौं, १० बैशाख । आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।  । पुस्तक, लेखक र प्रतिलिपी अधिकार सुरक्षित राख्ने कानूनको सम्मानमा जोड दिंदै भन्ने नाराका साथ राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउन थालिएको हो ।

नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरुमा पुस्तक पढ्ने बानीको विकास हुन थालेको स्रष्टाहरुको भनाई छ । सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ । अप्रिल २३ तारिख विश्व प्रशिद्ध नाटककार विलियम शेक्सपियरको निधन भएको दिन पनि हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१