एक हप्ता भित्र शुल्क फिर्ता नगरे कडा आन्दोलन गछौं : विद्यार्थी संगठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार ११:०५

काठमाडौं,१० वैशाख । निजी विद्यालयहरुले बढाएको शुल्क एक हप्ता भित्र फिर्ता नगरे कडा आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले निर्णय गरेका छन् । यस अघिनै भएको सहमती अनुसार बढाएको शुल्क एक हप्ता भित्र फिर्ता गर्नु पर्ने तथा नियम बाहिर गएर शुल्क निर्धारण गर्ने विद्यालयहरुको दर्ता खारेज गर्ने सम्मको कारवाहि गर्न उनीहरुले माग गरेका छन् । शिक्षा मन्त्रालय र विद्यार्थी संगठनहरु विच गएको आईतवार भएको सहमती अनुसार बढेको शुल्क १५ दिन भित्र फिर्ता गर्ने र प्राविधिक समिति  बनाएर शुल्क निर्धारण गर्ने तय भएको छ ।

sobiyu नियम नमान्ने विद्यालयहरुलाई बन्द गर्ने सम्मको सहमती भएको थियो । मन्त्रालयसंग भएको सहमती पछि पहिलो पटक बसेको विद्यार्थी संगठनहरुको बैठकले शुल्क कार्यान्वयनको लागि कृयाशिल भएकै आधारमा अनेरास्ववियू कास्किका अध्यक्ष शेखर गौतम माथि आक्रमण भएको ठहर समेत गरेको छ । निजी विद्यालय सञ्चालकहरुले प्रयोग गरेका गुण्डा  र प्रहरी मिलेर आक्रमण गरेको उनीहरुको ठहर छ । घटनाको बैठकले भत्र्सना पनि गरेको छ । बैठकले स्ववियु चुनाव गर्न सर्वोच्वद्धारा भएको परमादेशलाई स्ववियू चुनाव गर्न परमादेश मध्यनजर गर्दै निर्वाचनको वातावरण तयार गर्न त्रिविलाई अपिल पनि गरेको छ । यस्तै जाजरकोटमा फैलिएको महामारी नियन्त्रणका लागि ठोस कदम चाल्न बैठकले सरकारलाई ध्यानाकर्षण समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१