माध्यमिक तहको स्थायी लाईसेन्सको विज्ञापन खुल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार ११:१६

काठमाडौं,९ बैशाख । शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र लाईसेन्सको विज्ञापन खुलाएको छ । वैशाख ७ गते देखि २७ गते सम्म फारम भर्न पाउने गरी पाँचै विकास क्षेत्रका शिक्षा निर्देशनालयमा दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्वर दस्तुर तिरेर जेठ ३ गते सम्म फारम भर्न पाईने छ ।

tsc-edukhabarशिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण गरेको तथा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा माध्यमिक तहको दस महिने तालिम लिएकाहरुले आवेदन गर्न पाउने छन् । आठ वटा विषयमा तालिम प्राप्त नभएपनि दरखास्त दिन पाईने गरी विज्ञापन गरिएको छ । अङ्ग्रेजी, गणित विज्ञान, कम्प्यूटर,  लेखा, सिभिल इन्जिनियरिङ,इलेक्ट्रिकल इन्जिनियरिङ र पशुपालन वा बाली विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेकाहरुले स्थायी अध्यापन अनुमतिपत्र लाईसेन्सको परीक्षामा सहभागि हुन सक्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१