शिक्षा मन्त्रालयबीच भएको सहमति मान्दैनौं : विद्यार्थी संगठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार ११:२९

bidarthiकाठमाडौं,८ बैशाख ।  विद्यालयमा भएको चर्को शुल्क बृद्धिको विरोधमा उत्रिएका विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच भएको सहमति मान्दैनौं भनेर अभिव्यक्ति दिने निजी विद्यालयका संचालकहरु प्रति विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । शुल्क बृद्धि विरुद्ध सडकमा उत्रिएका एघार विद्यार्थी संगठन र शिक्षा मन्त्रालय बीच शुल्क बृद्धि फिर्ता लिने सहमति भए पनि निजी विद्यालय संचालकहरुले सहमति नमान्ने अभिव्यक्ति दिदैं आइरहेका छन् । सरकारको विधि विधान र निर्देशन नमान्ने भनेर दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यान आकर्षण भएको नेवि संघका प्रबक्ता युपी लामिछानेले बताए । उनले विद्यार्थी आन्दोलनलाई कमजोर ठानेर नजिस्काउन पनि अनुरोध गरेका छन । एक अपील मार्फत उनले ‘शैक्षिक माफिया’ र ‘दादागिरी’ शैलीका विरुद्ध तत्काल कारवाही थाल्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१