नेपालीहरुलाई नेपालसँग बाध्ने पुलको रुपमा काम गर्छु : रमा सिंह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १०:०२

अमेरिका,२९ चैत । यहि महिनाको अन्तिममा हुन गइरहेको एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पद्मा उम्मेद्वारी दिनु भएको सञ्चारकर्मी रमा सिंहले नेपालीहरुलाई नेपालसँग बाध्ने पुलका रुपमा काम गर्ने प्रतिबद्धता जायर गर्नुभएको । आफुले जितेको खण्डमा नेपालीलाई नेपाली भएर बाँच्न सिकाउने संस्थाका रुपमा एनआरएन अमेरिकालाई बनाउने बताउनुभयो । उहाँले अगाडी भन्नुभयो -‘अमेरिकामा रहेका नेपालीहरुलाई हरेक क्षेत्रमा सहयोग गर्नु एनआरन संगठनको दायीत्व हो । त्यो बाहेक अमेरिकामा रहेका नेपालीहरुको नेपालमा लगानी बढाउने, नेपालसँग आवद्ध गराइरहने खालका प्रोजेक्टहरु ल्याउने काम गर्नुपर्छ । दोहोरो नागरिकताको कुराहरु पनि त्यसैले आएको हो । दोहोरो करका कुराहरु छन् । यसबाहेक नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न सकेमा हामी सबैजना नेपालमा वर्षका एकदुईपटक जाने वातावरण पनि बनिरहनेछ । विद्यार्थीहरुको एक्सचेन्ज कार्यक्रमहरु गर्न सकिन्छ ।

rama shingअमेरिकामा जन्मेका बच्चाहरुलाई नेपालबारे खासै थाहा हुँदैन । उनीहरुले नेपालबारे बाबुबाजेका मुखबाट सुनेका मात्र हुन्छन् । उनीहरुलाई एक्सचेन्ज कार्यक्रममा लग्नुपर्छ । यसबाट नेपालमा आर्थिक हिसाबले फाइदा पनि भइरहेको हुन्छ भने पछिल्लो पुस्ताका नेपालीहरुले नेपालीहरुलाई चिन्न पाइरहेका हुनेछन् । त्यो बाहेक जलविद्युतका क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ । जित्यो भने मैले यो यो गर्छु भनेर १५ बुंदाको एजेण्डा बनाएपनि मैले दुईवर्षमा त्यो सबै गर्न सक्दिन । प्राथमिकताका बुंदाहरु ख्याल गर्नुपर्छ । ग्रिनकार्ड होल्डरहरु एकवर्षभन्दा धेरै नेपालमा बस्न नपाउने समस्या छ । यस्ता समस्याहरुको पनि सम्बोधन हुनुपर्छ ।’ ‘चुनाव भनेको एउटा खेलजस्तै हो’- रमा सिंह भन्नुहुन्छ,’यदि मैले हारे भनेपनि एनआरएन अमेरिकालाई संसारभर सबैको साझा संस्था बनाउने मेरो प्रयास रहनेछ ।’ उहाँ लामो समयदेखी अमेरिकामा रहेको अमेरिका नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्छ भने नेपालमा रहदाँ उहाँले नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१