यी २ अवस्थामा सेक्स गर्दा गर्भ रहन सक्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८१, शनिबार ०६:२३

काठमाडौं । धेरै व्यक्तिमा शारीरिक सम्पर्क पछि कस्तो अवस्थामा गर्भ रहन्छ ? वा रहन्न भन्नेबारे जानकारी नहुन सक्छ । केहिले महिनावारी भए लगत्तै शारीरीक सम्पर्क हुदा“ गर्भ नरहने बताउँछन् भने केहिले पहिलो यौन सम्पर्कमा गर्भ नबस्ने ठान्छन् । तर यसमा के कति सत्यता छ ? गर्भ सम्बन्धी निम्न ७ तथ्यले खुलाउँछ ।

यौन बारे भ्रम र यर्थाथ:

– महिनावारी भएको बेला शारीरीक सम्बन्ध राख्दा गर्भ रहदैन भन्नु भ्रम हो । किनकि शुक्राणु ७ दिनसम्म पनि सक्रिय हुन्छन् । जसका कारण न्युन भए पनि गर्भ रहने सम्भावना रहन्छ ।

– प्रथम पटक शारीरीक सम्बन्ध राख्दा गर्भ रहदैन भन्नु भ्रम हो । यसमा सत्यता छैन ।

– महिनावारी नहुदै शारीरीक सम्पर्क राख्दा गर्भ रहँदैन भन्नु पनी भ्रम हो । किनभने महिनावारी हुनलाई यदि पहिलो अण्ड सक्रिय भएको छ भने त्यो बेला गर्भ रहन सक्छ ।

– शारीरीक सम्बन्ध भएपछि तत्काल नुहाउदा गर्भ रहदैन भन्नु भ्रम हो । नुहाउनु र गर्भको कुनै सम्बन्ध हुदैँन ।

– शारीरीक सम्पर्क भए लगतै पिसाब फेर्दा गर्भ रहदैँन भन्नु पनि गलत हो । पिसाव आउने र शुक्राणु रहने भाग योनिमा अलग अलग हुन्छ ।

– शारीरीक सम्पर्क भएपछि केहिबेर उभिदा“, हिड्दा वा टुकुक्र बस्दा पनि गर्भ रहदैन भन्नु भ्रम हो, यस्तो अवस्थामा शुक्राणु योनी बाहिर आएपनि सबै शुक्राणु निस्कने संभावना अत्यन्त न्युन हुन्छ ।

– पानीमा डुबेर यौनसम्पर्क गर्दा वा यौनसम्पर्कपछि पानीमा बस्दा पनि गर्भ रहदैँन भन्नु भ्रम हो, अण्ड र शुक्राणुको सम्पर्क भएपछि गर्भ रहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१