७ सय भन्दा बढि गितमा नाचेका बिजय थापा किन गए गायन गर्फ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७१, शुक्रबार १५:२१

गोपिकृण्ण चापागाई
नेपाली म्यूजीक भिडियोमा निकै जमेका मोडल हुन् बिजय थापा । नेपाली लोकगित होस् या नेपाली भाषाका अन्य गित प्राय उनी नाचेकै हुन्छन् । करिब सातसय भन्दा बढि म्यूजीक भिडियोमा नाचिसकेका मोडल तथा निर्देशक बिजय थापा अहिले भने गायन तर्फ प्रवेश गरेका छन् । म्यूजीक भिडियो मै भ्याई नभ्याई भएका बिजय अब किन गायन तर्फ लागे भन्ने धेरैको जिज्ञासाको बिषय पनि बनेको छ ।
करिब डेढ दशक देखि अनबरत रुपमा म्यूजीक भिडियोमा लागेका बिजयले म्युजीक भिडियोमा नाच्न छाडेरै गित गाउन तर्फ भने लागेका होइनन् । यतिलामो समयपछि किन गायक बन्न थाल्नुभो भन्ने हाम्रो प्रश्नमा उनले यसरी जवाफ थिए, “मेरो सानै देखिको उद्देश्य भनेको गायक थियो पछि मोडल बने मोडलमा धेरैले मन पराईदिनुभो । अहिले आएर गित गाउन थालेको हुँ, मेरो शोक र उद्देश्य भएकोले मात्र गायक बन्न खोजेको हुँ, यसो भनिरहँदा मोडलीङ क्षेत्र बाट हात झिकिहाल्न खोजेको चाँहि होइन ।”
bijayaसातसय भन्दा बढि म्यूजीक भिडियोमा नाचेका र पचास भन्दा बढि म्यूजीक भिडियो निर्देशन गरेका बिजयले आफ्ना दाजु अजय थापाकै शब्दमा आधुनिक गित गाउन थालेका हुन् । गितका नकुल कार्कीको म्युजीक रहेको छ भने दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् । उनल मरी मरी बाँच्नु भन्दा मरेकै जाति बोलको आधुनिक गित गाएका हुन् ।उनले गाएको आधुनिक गित बजारमा छिट्टै नै ल्याउने बताए ।

बि.सं २०५३ सालबाट म्युजीक भिडियो मोडलिङमा प्रवेश गरेका बिजय थापा को जन्म घर गोर्खा हो भने अहिले उनी सातदोबाटो मा आफ्नो बुबा दिपक थापा र आमा लता थापा सँग बस्छन् । उनका दाजु अजय थापा पनि सँगै छन् । उनले नाचेको पहिलो म्युजीक भिडियो रामचन्द्र काफ्लेको स्वरमा रहेको मनकि रानी एल्बममा समावेश गित यो मनले त्यो मनलाई छुन्न र बोलको गित हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१