विश्वकप क्रिकेटमा भारत हार्नु अनुष्का दोषी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७१, शुक्रबार १०:३८

विश्वकप क्रिकेटमा अष्ट्रेलियासँग भारत पराजित भएसँगै सोसल मिडियामा बलिउड हिरोइन अनुस्का शर्माको तीब्र आलोचना भएको छ। भारतीय ब्याट्सम्यान बिराट कोहलीले कमजोर प्रदर्शन गरेपछि उनकी प्रेमिका अनुस्काको आलोचना भएको हो। विश्वकप क्रिकेट खेलबाट भारत पराजित हुनुमा सबैभन्दा ठुलो दोष अनुष्काको रहेको भन्दैं यति बेला उनको चौतर्फी विरोद्ध भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बिराट १ रनमा आउट हुँदा अनुस्का अष्ट्रेलियाको रंगशालामै थिइन्।

anuska१३ बलमा १ रन बनाएर बिराट आउट भएका थिए। त्यसअघि टेलिभिजन स्क्रिनमा अनुस्कालाई देखाएको थियो। अनुस्कालाई स्क्रिनमा देखाउँदा बिराटको ध्यान भंग भएको भन्दै भारतीय क्रिकेट प्रशंसकले बलिउड हिरोइनको आलोचना गरेका हुन्। केही समय अघि उनीहरुको प्रेम सम्बन्ध ट्वीटरमा छताछुल्ल भएको थियो। त्यसपछि अनुष्का सेमिफाइनल म्याच हेर्न अष्ट्रेलिया पुगेको कुरा पनि मिडियामा छायो। सामाजिक सञ्जाल प्रयोगतकर्ताले उनीहरुको सम्बन्धलाई जोडेर अनुष्काको आलोचना गरिरहेका छन्। कतिपयले अनुष्कालाई एक सफल पुरुषलाई असफल बनाउने महिलाको रुपमा समेत चित्रण गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१