अमेरिकामा धुर्मुस,सुन्तलीले हँसाउदा प्रमोद र पशुपतिले के गर्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १७:०८

नयाँ बर्ष २०७२ को अवसर पारेर अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषी समुदायबीच नेपाली कला र संस्कृति झल्कने विविध कार्यक्रम संचालन गरिने भएको छ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सी प्रा.ली. नेपालको प्रस्तुतीमा रहने कार्यक्रमलाई २०७२ नयाँ बर्ष धमाका भाग १ नाम दिइएको छ । अमेरिकामा रहेका नेपाली समुदायमाझ गर्न लागिएको यस कार्यक्रमको आयोजना अमेरिकास्थित वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एल.एल.सीले गर्न लागेको हो । अमेरिकास्थित कार्यक्रमको संयोजन डब्लुविएमसी एलएलसीका अध्यक्ष बृद्धिप्रसाद रेग्मीले गर्न लागेका हुन । यस कार्यक्रमबाट संचित केहि रकम कलाकारहरु नेपाल फर्किसकेपछि अनाथालयहरुलाई सहयोगस्वरुप प्रदान गरिने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

dhurmus-suntali-and-pramodकरिब डेढ महिना भन्दा बढि आयोजना हुने २०७२ नयाँ बर्ष धमाका भाग १ मा सहभागी हुन लोकदोहोरी गायक पशुपति शर्मा,गायिका संगीता थापा मगर,हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस),कुन्जना घिमिरे (सुन्तली),गायक प्रमोद खरेलले भब्य प्रस्तुती दिनेछन् । २०७२ नयाँ बर्ष धमाका भाग १ को पहिलो कार्यक्रम भरर्जिना स्थित नोभा कलेजमा हुने आयोजक सस्था वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट नेपालका संयोजक शारदा पौडेलले जानकारी दिइन । कार्यक्रममा सहभागी हुन नेपालबाट लोकगायक पशुपति शर्मा,गायिका संगीता थापा मगर,हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस),कुन्जना घिमिरे (सुन्तली),गायक प्रमोद खरेल अप्रिल २ तारिकसम्ममा अमेरिकाको बाल्टिमोर पुगीसक्ने संयोजक पोडेलले जानकारी दिइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१